२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई ग्यास वितरण नगरेमा सेना र प्रहरी लगाउँछौं : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका छन्। सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री भट्टले सो कुरा बताएका हुन् ।

सरकारले व्यवसायीको नाफा निश्चित गरेको बताउँदै मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताएका हुन् ।

‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ’ मन्त्री भट्टले भने ।

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए ।

बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।

बैठकमा मन्त्री भट्ट, राज्यमन्त्री मोतीलाल दुगड, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, आपूर्ति सहसचिव प्रकाश दाहाल, वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित सबै उच्च अधिकारी सहभागी छन् ।

यस्तै ग्यास उद्योगीहरु महेन्द्र भुसाल, धर्मराज बसौला, कृष्णभक्त श्रेष्ठ, शिवप्रसाद घिमिरे, रुद्रप्रसाद कोइराला, हरिप्रसाद पाठक र कुशप्रसाद मल्ली लगायत सहभागी छन् ।