१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा एकतापछि अध्यक्षत्रयले गरे पहिलो मनोनयन



अ+ अ-

काठमाडौं । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।

राप्रपामा सचिवालय प्रमुखमा ध्रुबबहादुर प्रधान (नवलपरासी), भास्कर भद्रा (ललितपुर) र तथा कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी), चन्द्रबहादुर गुरुङ (कैलाली) लाई मनोनयन गरेका छन्।

‘राप्रपामा पार्टी एकतापछिको यो पहिलो मनोनयन हो,’ राप्रपाका नेता मोहन श्रेष्ठले बताए, ‘आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गरेको हो र अन्य पदहरुमा पनि छिटै मनोनयन हुने तयारी भइरहेको छ।’

राप्रपा र राप्रपा संयुक्तबीच फागुन २८ गते एकता भएको थियो।