२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम आक्रमणपछि बङ्गलादेशका अल्पसङ्ख्यक इसाई समुदाय चिन्तित



अ+ अ-

ढाका। चर्च र एक क्याथोलिक विद्यालयमा तीन वटा वम आक्रमणपछि बङ्गलादेशको सानो इसाई अल्पसङ्ख्यक समुदायले सुरक्षा खतरा महशुस गरेको बताएको छ।

प्रहरीले आइतबारको आक्रमणबाट कुनै चोटपटक नलागेको तर आक्रमण ‘निश्चित रूपमा’ आतङ्क सिर्जना गर्न गरिएको चालबाजी भनेको छ।

बङ्गलादेशको १७ करोड जनसङ्ख्यामध्ये पाँच दाख जनसङ्ख्या रहेको इसाई समुदायलाई किन लक्षित गरिएको थियो भनेर कुनै पनि समूहले यी घटनाहरूको जिम्मेवारी लिएको छैन ।

ढाका प्रहरीका प्रवक्ता मुहम्मद तालेबर रहमानले एएफपीलाई भन्नुभयो, “हामी यो पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।” पूर्वप्रधानमन्त्री शेख हसिनाको निरङ्कुश सरकार सत्ताच्युत भएपछि बङ्गलादेशमा राजनीतिक उथलपुथल मच्चिएको छ ।

पार्टीहरू सन् २०२६ फेब्रुअरीमा हुने चुनावको लागि तयार छन् तर इसाई साइटहरूमा पछिल्लोे आक्रमणले तनाव थपेको उल्लेख गरिएको छ ।

चर्चमा जाने एक नागरिकले आइतबार भने इसाई समुदायमा आक्रमणले ‘त्रास’ को भावना सिर्जना गरेको छ । नाम नबताउने सर्तमा विश्वविद्यालयका २५ वर्षीय एक स्नातक विद्यार्थीले भने, “चर्चमा जाँदा हामी धेरैलाई चिन्ता हुन थालेको छ।”

अक्टोबर ८ मा भएको पहिलो आक्रमण राजधानीको सबैभन्दा पुरानो होली रोजरी क्याथोलिक चर्चमा भएको थियो जहाँ ‘क्रुड बम’ फ्याँकिएको थियो । यो चर्च १७ औँ शताब्दीमा पोर्चुगालीहरूले स्थापना गरेका थिए।

त्यसैगरी शुक्रबार राति आक्रमणकारीहरूले सेन्ट मेरिज क्याथेड्रल र सेन्ट जोसेफ स्कूल र कलेज गरी थप दुई क्याथोलिक धार्मिकस्थलमा आक्रमणलाई लक्षित गरे।

बङ्गलादेश क्रिस्चियन एसोसिएसनका अध्यक्ष निर्मल रोजारियोले सेन्ट मेरिज क्याथेड्रल अगाडि ‘क्रुड बम’ विस्फोट भए पनि भोलिपल्ट करिब ५०० मानिस प्रार्थना गर्न आएको बताउनुभयो ।

रहमानका अनुसार मोटरसाइकल चढेका आक्रमणकारीहरूले क्याथेड्रललाई लक्षित गरी ‘क्रुड बम’ फ्याँकेर भागेका थिए। सेन्ट जोसेफका विद्यालयका प्रिन्सिपल ब्रदर चन्दन बेनेडिक्ट गोमेसले आक्रमणले ‘चिन्ता’ पैदा गरेको तर ‘कक्षाहरू सामान्य रूपमा सञ्चालन गरिएको’ बताउनुभयो ।

नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय अन्तरिम नेता मोहम्मद युनुसले हिंसात्मक घटनाका बाबजुद पनि विद्रोहपछिको पहिलो निर्वाचन योजनाअनुसार फेब्रुअरीमा हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

बङ्गलादेश प्रहरीले निर्वाचनका समय हिंसात्मक घटना नहुन् भनी गत वर्ष भएको क्रान्तिका क्रममा लुटिएका एक हजार ३०० भन्दा बढी मेसिनगन, राइफल र पेस्तोल बुझाउने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। (रासस/एएफपी)