१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया र थाई सीमा नजिकै ९० आप्रवासी बोकेको डुङ्गा डुब्यो, दर्जनौँ हताहत भएको आशङ्का



अ+ अ-

क्वालालम्पुर। मलेसिया र थाई सीमा नजिकै करिब ९० जना कागजात नभएका आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिस हताहत भएका छन् ।

दुर्घटनामा कम्तीमा एक महिलाको मृत्यु भएको र १० जनाको सकुशल उद्धार गरिएको मलेसियाली प्रहरीले आइतबार जनाएको छ। केदाहका प्रहरी प्रमुख अद्जली अबु शाहले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “९० जना यात्रु बोकेको डुङ्गा डुबेको छ ।” उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मलेसियाली पर्यटकीय टापु लाङ्कावीको उत्तरमा तारुताओ टापु नजिकै दुर्घटना भएको मलेशियाको देशको सामुद्रिक प्राधिकरणले जनाएको छ। “अहिलेसम्म एक मृतकसहित ११ जना फेला परेका छन्,” केदाह राज्यका समुद्री सुरक्षा निर्देशक रोम्ली मुस्तफाले भन्नुभयो ।

उहाँले थप पीडितहरू समुद्रमा फेला पर्ने सम्भावना रहेको बताउनुभयो । मलेसिया एसियाका गरिब मुलुकबाट आएका लाखौँ आप्रवासीहरूको कार्यस्थल हो । त्यहाँ रहने धेरै कामदार कागजात नभएका र निर्माण र कृषि लगायतका उद्योगमा काम गर्छन् ।

मानव बेचबिखन सिन्डिकेटहरूले सहयोग पु¥याएका यी जहाजहरू यात्राका लागि प्रायः खतरनाक मानिन्छन् र धेरै दुर्घटनाहरू हुन्छन् ।

सबैभन्दा खराब महिनामध्ये एक सन् २०२१ डिसेम्बरमा मलेसियाको समुद्री तटमा २० भन्दा बढी आप्रवासीहरू डुबेर मरेका थिए। (रासस/एएफपी)




भर्खरै