१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण



अ+ अ-

ललितपुर। वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित ‘सङ्घर्षबाट सफलता जीवनका अनुभव र अनुभूतिहरु’ पुस्तक लोकार्पण गरिएको छ ।

चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्वस्वास्थ्य सचिव एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आज कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै उहाँले यसमा लेखकको प्रेरणादायी पारिवारिक जीवन, रमाइला क्षण, सङ्घर्ष, सोच, प्रतिबद्धता र उहाँको सफलताको यात्रालाई समेटिएको उल्लेख गर्नुभयो ।

“आत्मजीवनी केवल एउटा जीवनको कथा होइन, यो एउटा समयको साक्षी पनि हो, एउटा यात्राको दस्तावेज हो, जहाँ सङ्घर्ष, समर्पण र सफलताको कहानीसँगसँगै बगिरहेको हुन्छ । पुस्तकको शीर्षक ‘सङ्घर्षबाट सफलता’ स्वयं बोल्छ, यो यात्रामा दुःख छ, सङ्घर्ष छ, तर प्रतिबद्धतामा अडिग भई निष्ठापूर्वक इमान्दारी साथ कर्म क्षेत्रमा होमिएपछि अन्ततः उपलब्धि निश्चय नै प्राप्त हुन्छ”, पूर्वसचिव डा पाण्डेले भन्नुभयो ।

पुस्तकका लेखक डा श्रेष्ठले आफूसँग सकारात्मक सोच मात्रै छ भन्दै आफ्नो जीवनका सबै अवरोध पुस्तकमा समेटिएको बताउनुभयो ।

प्राडा जगतमान श्रेष्ठले जीवन खोलाजस्तो सहजै बग्ने नभएको बताउँदै किताबमा समेत अप्ठ्यारो र कठिन परिस्थितिलाई समेटिएको बताउनुभयो । सरकारका पूर्वसचिव रामचन्द्रमान सिंहले जीवनको आठ दशकको हाराहारीमा पुग्दा पनि लेखक डा श्रेष्ठले आफ्नो सामाजिक दायित्व पूरा गर्दै इतिहास र भूगोलको सम्मिश्रणको गाथा समेटेर पुस्तक प्रकाशन गर्न सफल भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

संसद् सचिवालयका पूर्वसचिव तोयानाथ भट्टराईले पुस्तकमा प्राविधिक, सामाजिक, प्रशासनिक, साहित्यिक र आध्यात्मिक कुरालाई समेटिएको बताउनुभयो ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक जीवनको भावना र यथार्थलाई चित्रण गर्ने माध्यम भएको उल्लेख गर्दै  यसमा जन्मेको समाज, संस्कृति र भूगोललाई समेटिएको छ भन्नुभयो । रासस