१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण
अ अ+ अ-

ललितपुर। वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित ‘सङ्घर्षबाट सफलता जीवनका अनुभव र अनुभूतिहरु’ पुस्तक लोकार्पण गरिएको छ ।

चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्वस्वास्थ्य सचिव एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आज कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै उहाँले यसमा लेखकको प्रेरणादायी पारिवारिक जीवन, रमाइला क्षण, सङ्घर्ष, सोच, प्रतिबद्धता र उहाँको सफलताको यात्रालाई समेटिएको उल्लेख गर्नुभयो ।

“आत्मजीवनी केवल एउटा जीवनको कथा होइन, यो एउटा समयको साक्षी पनि हो, एउटा यात्राको दस्तावेज हो, जहाँ सङ्घर्ष, समर्पण र सफलताको कहानीसँगसँगै बगिरहेको हुन्छ । पुस्तकको शीर्षक ‘सङ्घर्षबाट सफलता’ स्वयं बोल्छ, यो यात्रामा दुःख छ, सङ्घर्ष छ, तर प्रतिबद्धतामा अडिग भई निष्ठापूर्वक इमान्दारी साथ कर्म क्षेत्रमा होमिएपछि अन्ततः उपलब्धि निश्चय नै प्राप्त हुन्छ”, पूर्वसचिव डा पाण्डेले भन्नुभयो ।

पुस्तकका लेखक डा श्रेष्ठले आफूसँग सकारात्मक सोच मात्रै छ भन्दै आफ्नो जीवनका सबै अवरोध पुस्तकमा समेटिएको बताउनुभयो ।

प्राडा जगतमान श्रेष्ठले जीवन खोलाजस्तो सहजै बग्ने नभएको बताउँदै किताबमा समेत अप्ठ्यारो र कठिन परिस्थितिलाई समेटिएको बताउनुभयो । सरकारका पूर्वसचिव रामचन्द्रमान सिंहले जीवनको आठ दशकको हाराहारीमा पुग्दा पनि लेखक डा श्रेष्ठले आफ्नो सामाजिक दायित्व पूरा गर्दै इतिहास र भूगोलको सम्मिश्रणको गाथा समेटेर पुस्तक प्रकाशन गर्न सफल भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

संसद् सचिवालयका पूर्वसचिव तोयानाथ भट्टराईले पुस्तकमा प्राविधिक, सामाजिक, प्रशासनिक, साहित्यिक र आध्यात्मिक कुरालाई समेटिएको बताउनुभयो ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक जीवनको भावना र यथार्थलाई चित्रण गर्ने माध्यम भएको उल्लेख गर्दै  यसमा जन्मेको समाज, संस्कृति र भूगोललाई समेटिएको छ भन्नुभयो । रासस