काठमाडाैंः
वरिष्ठ मुटुराेग विशेषज्ञ डा भगवान काेइरालाले २०७६ चैत ३ गते बिहानै प्राणघातक काेराेना भाइरसका बारेमा एउटा ट्वीट गर्नुभयाे । याे ट्वीटमा खासगरी उहाँले काेराेना संक्रमण हुँदा मुटु राेगीलाइ बढी खतरा हुने कुरा उल्लेख गर्नु भएकाे छ । नेचर डट कममा प्रकाशित विश्लेषणात्मक लेखलाइ आधार बनाएर उहाँले भन्नुभएकाे छ, “मुटु राेगीहरूलाइ काेराेना लागेमा मृत्युदर उच्चतम हुने हुनाले थप सावधानी अपनाउँ । भिडमा नजाने, खाेकी ज्वराेद्वारा संक्रमितकाे नजिक नपर्ने, अपरिचित सामान वा व्यक्ति छाेएपछि हात धुने गराैं । सुगर, प्रेसर नियन्त्रण गराैं ।”
के साँच्चिकै मुटु राेगीलाइ काेराेना भाइरसले सताउँछ ?
हामीले स्वीकार्नै पर्छ, डा भगवानले राम्रा मेडिकल जर्नल पढेरै याे मन्त्र ट्वीट गर्नु भएकाे हाे । काेराेना भाइरस फैलिएकाे चीनकाे हुबे प्रान्तमा अनुसन्धाताहरूले गरेकाे मृतक र अन्य बिरामीकाे अध्ययनबाट मुटु राेगी, डाइबिटिज, क्यान्सर र अरू क्राेनिक बिरामीलाइ काेराेनाले निकै सताएकाे उल्लेख छ । हेराैं विश्व स्वास्थ्य संगठन र चीनकाे संयुक्त मिसन तथा चिनियाँ सिसिडिसीकाे अध्ययनकाे निचाेड । पहिलाे मिसनले ५५,९२४ जना काेराेना पीडितकाे नमुना अध्ययन गरेकाे थियाे भने सिसिडिसीले ७२,३१४ जनाकाे नमुना परीक्षण गरेकाे थियाे ।
पहिले हेराैं मृतक व्यक्तिकाे उमेर समूह
उमेर | मृत्यु दर (कन्फर्म केस) | मृत्यु दर (सबै केस) |
८०+ उमेर | २१.९ प्रतिशत | १४.८ प्रतिशत |
७०-७९ वर्ष | ८ प्रतिशत | |
६०-६९ वर्ष | ३.६ प्रतिशत | |
५०-५९ वर्ष | १.३ प्रतिशत | |
४०-४९ वर्ष | ०.४ प्रतिशत | |
३०-३९ वर्ष | ०.२ प्रतिशत | |
२०-२९ वर्ष | ०.२ प्रतिशत | |
१०-१९ वर्ष | ०.२ प्रतिशत | |
० देखि ९ वर्ष | मृत्यु भएकाे छैन |
माथिकाे तालिकाबाट के प्रष्ट हुन्छ भने अधिकांश मृतक व्यक्ति बढी उमेर समूहका छन् । भाइरसकाे संक्रमण सँगै फाेक्साे र मुटुमा असर गर्ने काेराेना भाइरसले अन्ततः शरीरमा घातक न्युमाेनिया पैदा गर्दछ, र बिरामीकाे मृत्यु हुन्छ । बृद्ध उमेरका व्यक्तिकाे समयमै उपचार नहुँदा काेराेनाले गर्ने न्युमाेनिया निकाे हुन कठिन हुन्छ । हालसम्म काेराेना भाइरसकाे अाैषधि नै पत्ता लागेकाे छैन ।
हेराैं बिरामीकाे केस हिस्ट्री जाे मृत्युकाे मुखमा बढी परेका छन् ।
बिरामीकाे पूर्व स्वास्थ्य स्थिति | मृत्यु दर (कन्फर्म केस) | मृत्यु दर (सबै केस) |
कार्डियाेभास्कुलर राेग (मुटु राेग) | १३.२ प्रतिशत | १०.५ प्रतिशत |
मधुमेह | ९.२ प्रतिशत | ७.३ प्रतिशत |
दीर्घ श्वासप्रश्वास राेग | ८ प्रतिशत | ६.३ प्रतिशत |
हाइपरटेन्सन (अति तनाब) | ८.४ प्रतिशत | ६ प्रतिशत |
क्यान्सर | ७.६ प्रतिशत | ५.६ प्रतिशत |
कुनै राेग नभएका | ०.९ प्रतिशत |
माथिका २ वटा तालिकामा देखाइएकाे विवरणले काेराेनाले कमजाेर व्यक्तिलाइ नै बढी असर पारेकाे देखिन्छ ।
प्राणघातक काेराेना भाइरसबाट विश्वका धनी, गरिब दुबै किसिमका मुलुकलाइ नराम्राेसँग प्रताडित बनाइसकेकाे छ । चीनकाे हुबे प्रान्तबाट शुरू भएकाे याे राेगबाट मृत्यु हुने व्यक्तिकाे संख्या चैत ३ गते साँझसम्म विश्वभर ७,००० नाघेकाे छ । मृत्यु हुनेकाे संख्या दिनहुँ बढिरहेकाे र जटिल अवस्थामा रहेका व्यक्तिकाे संख्या अझै ५ हजारभन्दा बढी देखिएकाले मृतककाे संख्या अझ बढ्ने खतरा छ ।
पछिल्लाे विवरण अनुसार सबैभन्दा बढी व्यक्ति चीनकाे हुबे प्रान्तमै संक्रमित भएकाे पाइएकाे छ । यही कारण यहाँ मृतककाे संख्या र संक्रमित व्यक्तिकाे संख्या दुबै बढी छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार हुबेमा ८० हजार ८८० जनामा संक्रमण देखिएकाे छ भने मृतककाे संख्या ३,२१३ पुगेकाे छ । इटाली र स्पेनले मुलुकलाइ लक्ड डाउन गरेका छन् अर्थात कसैलाइ पनि हिँडडुल नगर्न, भेला नहुन, बिरामी भए तत्काल खबर गर्न भनिएकाे छ ।
काेराेनाबाट दाेस्राे सर्वाधिक प्रभाव परेकाे मुलुक इटाली हाे । इटालीमा २,१५८ जनाकाे मृत्यु भइसकेकाे छ भने २७,९८० जना संक्रमित छन् । यहाँ साेमबार एकै दिन ३४९ जनाकाे ज्यान गएकाे छ भने ३,२३३ जना नयाँ राेगी फेला परेका छन् । युराेपेली मुलुकहरूमा सबैभन्दा बढी वृद्धहरूकाे जनसंख्या रहेकाे इटालीमा काेराेनाकाे कहर थामिनसक्नु हुँदैछ । पछिल्लाे विवरण अनुसार अझै १,८५१ जना गम्भीर अवस्थामा छन् ।
इरानकाे अवस्था पनि उत्तिकै खतरापूर्ण देखिएकाे छ, र यहाँ पनि लगातार नयाँ राेगी फेला परिरहेका छन् । यहाँ १४,९९१ जना संक्रमित रहेका छन् । हालसम्म ८५३ जनाकाे मृत्यु भइसकेकाे छ।
युराेपेली मुलुकहरू स्पेनमा पनि परिस्थिति जटिल बन्दै गएका कारण सरकारले अापतकाल घाेषणा गरिसकेकाे छ । यहाँ ३३५ जनाकाे मृत्यु भइसकेकाे छ । यस्तै जर्मनीमा १४, फ्रान्समा १२७, स्वीट्जरल्यान्डमा १९, बेलायतमा ३६, नर्वेमा ३, नेदरल्यान्ड्समा २४, स्वीडेनमा ७, बेल्जियममा ५, डेनमार्कमा ४, अस्ट्रियामा ३, ग्रीसमा ४, अायरल्यान्डमा २, पाेल्यान्डमा ३ काे मृत्यु भएकाे छ । यी देशमा काेराेना संक्रमितकाे संख्या दशाैं हजार पुगिसकेकाे छ ।
चीनकाे छिमेकी मुलुक दक्षिण काेरियामा ७५ जनाकाे मृत्यु भएकाे छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन् । जापानमा पनि २७ जनाले ज्यान गुमाइसकेका छन् । संयुक्तराज्य अमेरिकामा ७२ जनाकाे मृत्यु भएकाे छ भने ४,१६५ जना संक्रमित भएका छन् । फिलिपिन्स, फिलिपिन्स र थाइल्यान्डसमेतका मुलुकहरू प्रभावित भएका छन् । छिमेकी मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशमा पनि काेराेनाबाट संक्रमित व्यक्ति भेटिएका छन् । भारतमा त २ जनाकाे मृत्यु भएकाे छ ।
य