६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको कहर: ह्वात्तै बढे मृत्यु हुनेको संख्या, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु

कोरोनाको कहर: ह्वात्तै बढे मृत्यु हुनेको संख्या, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु
अ+ अ-

इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ ।

कोरोनाको केन्द्र युरोप

पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ । युरोपमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ । स्पेनमा ८,७९४ र फ्रान्समा ५,४२३ जनामा संक्रमण देखिएको छ । बेलायतमा पनि कोरोनाबाट एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार १४ जनाको मृत्यु भएपछि मृतकको संख्या ३५ पुगेको छ । स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८०० बाट २,२०० पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै, स्विट्जरल्यान्ड १५, नेदरल्यान्ड २०, नर्वे ३, बेल्जियम ५ र स्विडेनमा ६ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वभर साढे ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । संक्रमण रोक्न युरोपेली मुलुकका सरकारलाई अझ बढी उपाय अवलम्बन गर्न बाध्य बनाएको छ । कोरोना भाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल तथा रेस्टुरेन्ट बन्द गरिएका छन् । फ्रान्सले अति जरुरीबाहेक व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा कडाइ गरेको छ । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ ।

बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औँल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्न आदेश दिएको छ । अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको छ । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि कोरोना भाइरसको विस्तार रोक्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले विदेशबाट आउने जोकोहीले दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने जनाएका छन् । अधिकांश युरोपेली मुलुकले विदेशीको यात्रा प्रतिबन्ध लगाएका छन् । कोरोनाले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ । खेल र सांस्कृतिक कार्यक्रम रद्द भएका छन् भने सेयर बजार ओरालो लागेको छ । कोरोनाबाट विश्वभर ६ हजार ६६४ जनाको मृत्यु भएको छ भने एक लाख ७३ हजार ९३० जना संक्रमित छन् । यो रोग विश्वका १५८ मुलुकमा देखिएको छ । नयाँ पत्रिका दैनिक