९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: ह्वात्तै बढे मृत्यु हुनेको संख्या, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु



अ+ अ-

इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ ।

कोरोनाको केन्द्र युरोप

पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ । युरोपमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ । स्पेनमा ८,७९४ र फ्रान्समा ५,४२३ जनामा संक्रमण देखिएको छ । बेलायतमा पनि कोरोनाबाट एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार १४ जनाको मृत्यु भएपछि मृतकको संख्या ३५ पुगेको छ । स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८०० बाट २,२०० पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै, स्विट्जरल्यान्ड १५, नेदरल्यान्ड २०, नर्वे ३, बेल्जियम ५ र स्विडेनमा ६ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वभर साढे ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । संक्रमण रोक्न युरोपेली मुलुकका सरकारलाई अझ बढी उपाय अवलम्बन गर्न बाध्य बनाएको छ । कोरोना भाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल तथा रेस्टुरेन्ट बन्द गरिएका छन् । फ्रान्सले अति जरुरीबाहेक व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा कडाइ गरेको छ । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ ।

बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औँल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्न आदेश दिएको छ । अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको छ । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि कोरोना भाइरसको विस्तार रोक्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले विदेशबाट आउने जोकोहीले दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने जनाएका छन् । अधिकांश युरोपेली मुलुकले विदेशीको यात्रा प्रतिबन्ध लगाएका छन् । कोरोनाले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ । खेल र सांस्कृतिक कार्यक्रम रद्द भएका छन् भने सेयर बजार ओरालो लागेको छ । कोरोनाबाट विश्वभर ६ हजार ६६४ जनाको मृत्यु भएको छ भने एक लाख ७३ हजार ९३० जना संक्रमित छन् । यो रोग विश्वका १५८ मुलुकमा देखिएको छ । नयाँ पत्रिका दैनिक