१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बजारमा ग्यास अभाव छैन्’



अ+ अ-

नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ । विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपत भन्दा बढी ग्यास आयात भइरहेकोले अभाव नहुने बताएको हो । कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास भरेर राखेकाले केही समस्या सिर्जना भएको संघले जनाएको छ ।

ग्यासको आयात विगतभन्दा बढी भएकाले उपभोक्ताहरुले धैर्य गरी आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ । संघका अध्यक्ष गोकुल भण्डारीले कोरोनाको प्रभाव नेपाल परेपछि के हुने हो भन्ने त्रासका कारण केही उपभोक्ताले ग्यास सञ्चय गरेको र अन्य केही उपभोक्तले तत्काल पाउन नसकेका कारण यो अवस्था आएको बताए ।

एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) विक्रि वितरण नगर्न पनि विक्रेताहरुलाई आग्रह गरेको छ । आम उपभोक्तको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज राख्ने प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् ।