२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै



अ+ अ-

नेपालगञ्ज । यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ ।

नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

उहाँले बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’को मन्दिर धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य भएकाले भौतिक पूर्वाधारको विकासमा अझै विकास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा छ वर्षअघि रु ३० लाख लागतमा मन्दिर निर्माण गरेको जानकारी दिँदै बाटो निर्माणमा पनि रु २८ लाख खर्च गरिएको बताउनुभयो ।

खानेपानीको व्यवस्थापन थिएन, भक्तजन बस्ने कुनै प्रबन्ध थिएन तर अहिले सबैको व्यवस्थापन भएको पूर्वअध्यक्ष थारूको भनाइ छ । मन्दिर क्षेत्रमा अझै पनि शौचालय व्यवस्थापन हुनसकेको छैन । चौधरीले आवतजावत गर्न अझै कठिनाइ झेल्नुपरेको जानकारी दिँदै पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो ।

‘बर्फानी बाबा’ मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनि आगो लाग्दा कुटीमा कठिनाइ झेल्नुपरेको बताउँदै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताउनुभयो ।

भारतीय पत्रकार एसके मदेशियाले प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको उल्लेख गर्दै मन्दिर जानका लागि आवजातवत गर्नलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय पत्रकार विमला चौधरीले विगतमा भन्दा ‘बर्फानी बाबा’ मन्दिरको स्वरुपमा परिवर्तन भएको बताउनुभयो ।

गुल्मेली सेवा समाज बाँकेका हरिलाल न्यौपानेले प्राकृतिक सौन्दर्यले पदयात्रा गरेर त्यहाँ जाँदा भिन्दै आनन्द प्राप्त गरेको बताउनुभयो । केही वर्षअघि मात्रै रु ७० लाख खर्च गरेर खानेपानीको व्यवस्थापन गरिएको सो मन्दिरमा प्रदेश सरकारले पनि बर्सेनि बजेट लगानी गरिरहेको छ । रासस