१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध



अ+ अ-

एजेन्सी । अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्दको समयमा हवाई ट्राफिक नियन्त्रकहरूको अभावका कारण हवाई ट्राफिक कटौती लागू भएपछि संयुक्त राज्य अमेरिकाभर १ हजार भन्दा बढी उडानहरू रद्ध गरिएको छ ।

अमेरिकी उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरकाअनुसा ४ हजार ३ सय भन्दा बढी उडानहरू ढिलाइ भएका थिए । १ हजार भन्दा बढी रद्ध गरिएका छन् ।

अमेरिकी यातायात विभाग र संघीय उड्डयन प्रशासनले बुधवार संघीय सरकारले शुक्रवारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक घटाउने घोषणा गरेपछि यो आएको हो । यातायात सचिव सीन डफीले यदि सरकारी बन्द लम्बियो भने उडान कटौती २० प्रतिशतसम्म बढ्न सक्ने बताउनुभएको छ ।

बन्द शुरु भएदेखि, लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरूलाई तलब बिना काम गर्न बाध्य पारिएको छ । केही हवाई ट्राफिक नियन्त्रकहरूले हप्तामा ६ दिन १० घण्टा काम गरिरहेका छन् ।