५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध



अ+ अ-

एजेन्सी । अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्दको समयमा हवाई ट्राफिक नियन्त्रकहरूको अभावका कारण हवाई ट्राफिक कटौती लागू भएपछि संयुक्त राज्य अमेरिकाभर १ हजार भन्दा बढी उडानहरू रद्ध गरिएको छ ।

अमेरिकी उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरकाअनुसा ४ हजार ३ सय भन्दा बढी उडानहरू ढिलाइ भएका थिए । १ हजार भन्दा बढी रद्ध गरिएका छन् ।

अमेरिकी यातायात विभाग र संघीय उड्डयन प्रशासनले बुधवार संघीय सरकारले शुक्रवारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक घटाउने घोषणा गरेपछि यो आएको हो । यातायात सचिव सीन डफीले यदि सरकारी बन्द लम्बियो भने उडान कटौती २० प्रतिशतसम्म बढ्न सक्ने बताउनुभएको छ ।

बन्द शुरु भएदेखि, लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरूलाई तलब बिना काम गर्न बाध्य पारिएको छ । केही हवाई ट्राफिक नियन्त्रकहरूले हप्तामा ६ दिन १० घण्टा काम गरिरहेका छन् ।