२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे दुर्घटना: पनौतीमा अनिश्चितकालीन कर्फ्यु जारी



अ+ अ-

काठमाडौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती र त्यस आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मंगलबार बिहान नौ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पनौतीको चारकिल्ला र बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । टिपरको ठक्करबाट हिजो (सोमबार) दुई जनाको मृत्यु भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको थियो ।

राम सुन्दर आचार्यको फेसबुकबाट

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले जानकारी गराएका थिए । त्यसपछि स्थानीयवासीले विरोध प्रदर्शन सुरू गरेका थिए ।

आक्रोशित भीड र प्रहरीबीच झडप समेत हुँदा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते पनि भएका छन् । प्रदर्शनकारीले प्रहरी बिट पनि तोडफोड गरेका छन् । प्रहरीले हिजो भिडलाई साम्य बनाउन अश्रुग्यास पनि प्रहार गरेको थियो ।