२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले सुरु गर्यो कोरोना भाइरस विरुद्ध खोपको परीक्षण, गर्ला त काम ?



अ+ अ-

काठमाडौं । विश्वभर भयावहको रुपमा रहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको खोपको परीक्षण अमेरिकाले सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो ।

खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको बताईएका छ । तर विज्ञहरुका अनुसार यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्नेछ ।

यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलालाई लगार्यएको छ । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।