२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुग्यो



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतमा मृतकको संख्या तिन पुगेको छ । पछिल्लो पटक मुम्बईमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएसंगै भारतमा कोरानाबाट मृतक हुनेको संख्या तिन पुगेको हो । मृतक केहि दिन दुबईबाट मुम्बई आएका थिए ।

यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

भारतको स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १२८ जना बिरामी छन् । तीमध्ये महाराष्ट्रमा मात्रै ३६ जना छन् । भारतमा कूल संक्रमितमध्ये २२ जना विदेशी नागरिक छन् ।