१२ असार २०८३, शुक्रबार
,
Latest
गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबई पठाइदिने भन्दै १० लाख ठग्ने एक पक्राउ



अ+ अ-

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्ति पक्राउ परेका छन्। सोमबार गोंगबुबाट बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङ्गा भर भई काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगर पक्राउ परेका हुन् ।

उनले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ जना व्यक्तिहरूबाट १० लाख ५३ हजार एक सय लिई सम्पर्कविहीन भएका थिए। घर्ती मगरले ठगेर अलपत्र पारेको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा महाशाखाले उनको खोजीतलासी गर्न थालेको थियो। प्रहरी टोलीले घर्ती मगरलाई गोंगबु चोकबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाएको महाशाखाले जनाएको छ।