२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका विजेतालाई पुरस्कार कहिले



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गर्नुभयो । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्या रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषण गर्नुभएको पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले कहिले पुरस्कार पाउँछन् भनी प्रश्न गर्नभयो । सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारवाही गर्न माग गर्नुभयो ।