१२ असार २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी उज्यालो अभियान : ट्राफिक नियमबारे एक लाख प्रशिक्षित



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ । ट्राफिक नियम पालना गराई सडक अनुशासन रसचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत पुसदेखि शुरु गरेको तीनमहिने ‘विशेष ट्राफिक उज्यालो अभियान’मार्फत उनीहरुलाई प्रशिक्षित गराइएको हो ।

अभियानका क्रममा १९ हजार ५६९ सार्वजनिक सवारीका चालक तथा सहचालक, २७ हजार मोटरसाइकल चालक र ६१२ सरकारी गाडीका चालकलाई प्रशिक्षण दिइएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उक्त अभियानका क्रममा झण्डै ६३ हजार पैदलयात्री र सर्वसाधारणलाई ट्राफिक नियम र सडक अनुशासनका विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

महाशाखाले दैनिक ४० एकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना कक्षा चलाएको थियो । सो कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी दिइएको र घरघरमा सचेतनाका लागि पर्चा –पम्पलेट वितरण गरिएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताउनुभयो । “सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ जसका कारण सचेतना कक्षाबाट धेरै लाभान्वित भएका छन्”, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

यस्तै अभियानका क्रममा जथाभावी बाटो काट्ने १९ हजार ९९८ बटुवालाई सोही ठाउँमा राखेर २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पैदलयात्रीलाई आकाशे पुल र जेब्राक्रसिङको प्रयोग गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा नियमितरूपमा घोडा परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो । ट्राफिक उज्यालो अभियानअन्तर्गत रहेर गीतसङ्गीतका माध्यमबाट जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, सडक सङ्केतको पालना तथा तीव्र गति र मापसे गरेर गाडी नचलाउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

उपत्यकाका व्यस्त ४७ चोकमा चालक तथा जेब्राक्रसिङका बटुवालाई लक्ष्य गरी प्रहरीबाटै ट्राफिक नियम लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । मापसे गरी सवारी चलाउने नौ हजार ५६९, लेन अनुशासन पालना नगर्ने आठ हजार २६९, सवारी दुर्घटना गर्ने १०० सहित १७ हजार ९३८ लाई दैनिक कारवाही गरिएको जनाइएको छ । गत पुस १ गतेदेखि शुरु भएको उक्त अभियानलाई चैत १ गतेदेखि भने थप परिमार्जन गरी सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।