१२ असार २०८३, शुक्रबार
,
Latest
गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिइओले दोस्रो बजारबाट खरिद गरेको साधारण शेयर समेत खुलाउनुपर्छ : मन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन् । .

सरकारले एक प्रतिशत भन्दा बढी शेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाउने व्यवस्था गर्न लागेको हो । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थापक शेयर एक प्रतिशत भन्दा बढी भएको व्यक्तिलाई सिइओ बन्न आयोग्य मान्नुपर्ने बताउनुभएको हो ।

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री खतिवडाले एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सिइओ बन्न अयोग्य मान्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘बीमा कम्पनीको एक प्रतिशत सम्म शेयर लिएको रहेछ भने त्यो फेरी पनि यहाँ सिइओ हुन पायो त्यो भन्दा बढी रहेछ भने वित्तीय स्वार्थ देखिन्छ त्यसपछि उ योग्य हुँदैन तर अव यो शेयर भनेको संस्थापक शेयरको कुरा भयो । अब उसले बजारबाट शेयर किनेको रहेछ भने होल्ड गरेको रहेछ भने के हुने भन्ने विषय चाहिं एउटा रहन्छ यसमा त्यसो हुनाले उसले आफु नियुक्त हुनको लागि योग्य छु भनेर भनिरहदा खेरी उसले बीमा कम्पनीहरुबाट होल्ड गरेको आफ्नो शेयर स्वामित्व पुरै देखाउनुपर्छ । त्यो विनियमबाट राख्नुपर्छ होला जस्तो मलाई लाग्छ ।’

अर्थमन्त्री खतिवडाले कुनैपनि सिइओले दोस्रो बजारबाट खरिद गरेको साधारण शेयर समेत खुलाउनुपर्ने बताउनुभयो । त्यस्तै बैठकमा बीमा कम्पनीहरुलाई लघुबीमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो । अर्थमन्त्री खतिवडाले नयाँ व्यवसाय गर्न नसक्ने, नयाँ प्रकारले कृषि गर्न नसक्ने, उद्यम गर्न नसक्नेलाई प्रोत्साहन गर्नका लागि पनि लघु बीमालाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।