३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाण्डे र भट्टराईलाई ओलीले भनेः सञ्चारमाध्यममा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य छैन



अ+ अ-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनःगठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले पुनः गठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्नेकुरा कार्यकर्ताहरुले स्पष्ट देखेको बताउनु भयो ।

काम गर्नेहरु पार्टीमा रहने र काम नगर्ने अब विदा हुने पनि स्पष्ट पार्नुभयो । सञ्चारमाध्यममा गएर र्‍याईं र्‍याईं  गर्नुको औचित्य नरहेको उहाँको स्पष्टोक्ति छ । संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा अध्यक्ष र पार्टीका विरुद्धमा काम हुनु राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा पुनःगठन चाहियो, चाहियो भनेर एकथरी साथीहरु धेरै कराएका हुनाले अनुशासनहिन ढंगले उपद्रव मचाएको हुनाले एक वर्षपछि गरे हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु । ठिक छ । पुनःगठन गरौँ न त । काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ । को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ । को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्दछ । यो ¥याईं¥याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ । उता युट्युबमा गयो त्यस्तै छ । टेलिभिजनमा गयो र्‍याईं र्‍याईं गरेको छ । एउटा पत्रिका भनेको छ, र्‍याईं र्‍याईं गरेको छ । यो  र्‍याईं र्‍याईं  यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे । यो आज मात्रै भनेको हो र ?’

अध्यक्ष ओलीले आफूलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने नेताहरुलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताउनु भयो । उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरुले काम गरिरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल