२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाम दर्ता गराउन मतदाता उत्साहित



अ+ अ-

महोत्तरी । महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड सकेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने बढेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि नै नाम दर्ता खुले पनि अहिले चाडबाड सकिएपछि दर्ता गर्ने बढेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने र यसअघि फोटो खिचाएर नाम दर्ता गर्न छुटेका व्यक्ति चाडबाडपछि उल्लेख्य सङ्ख्यामा आउन थालेका छन् । “चाडबाड सकिएपछि मतदातामा उत्साह देखिएको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा असोज १० यता कात्तिक २० गतेसम्म दुई हजार ३४१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराएका छन् । यीमध्ये दीपावली, छठ सकेपछि एक हजार ४३९ जनाले नाम दर्ता गराएका हुन् । जिल्लामा २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता हालसम्म गरेर १६ हजार २६८ नयाँ मतदाता थपिएका छन् । यीमध्ये १३ हजार ९२७ जना भने २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता गत असार १६ गतेसम्म अद्यावधिक भएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९१ हजार ५७७ मतदाता थिए । त्यसयता गत असार १६ सम्मका १३ हजार ९२७ र असोज १० यता बिहीबारसम्म दुई हजार ३४१ मतदाता थपिएका निर्वाचन अधिकारी झाले बताउनुभयो ।

“हामीले निर्वाचन आयोगको परिपत्रअनुसार गत असोज ९ गतेदेखि २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्नेहरुको फोटो खिचाएर मतदाता नामावलीमा नाम समावेश गरी रहेका छौँ,” झाले भन्नुभयो, “यसै अभियानभित्र त्रुटि सच्याउने र नाम बसाइ सारेको ठाउँमा सार्ने काम पनि सँगसँगै बढेको छ ।”