२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले प्रतिनिधि सभा पुनः स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उहाँले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले गर्नुपर्ने तर्क गर्नुभएको हो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ । र प्रतिनिधि सभा पुनस्थापनाको मागलाई तिब्र बनाउनुपर्दछ । जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ । कि त अदालतले गर्छ  । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनस्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनःस्थापना गर्नुप¥यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनस्थापना गर्नु प¥यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ । बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ ।’

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहो¥याउनु भयो ।