२२ श्रावण २०८३, शुक्रबार
,
Latest
पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ ।नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ ।

आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताउनु भयो । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो– ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्योे भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो । पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’

इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पु¥याउने उहाँको भनाइ छ ।