२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासामा ३४ वर्षपछि महिला नेतृत्व



अ+ अ-

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ९नासा० को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।

सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।

संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व  सम्हाल्नु भइसकेको छ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आउनुभएको समाजसेवी राजा घलेले राससलाई  जानकारी दिनुभएको हो ।

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उहाँ निर्वाचित हुन सफल हुनुभएको  बताइएको छ ।

त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा दिलीप पन्थी (नर्थ क्यारोलिना) उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम (जर्जिया), सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा (नर्थ क्यारोलाइना) निर्वाचित हुनुभएको समाजसेवी घलेले जानकारी दिनुभयो ।

अन्य  १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यमा राजेन्द्र न्यौपाने (साउथ क्यारोलिना), सुवास पोखरेल (मेरिल्याण्ड), डा शङ्कर पराजुली (म्यासाचुसेटस्),  होम लम्साल (नर्थ क्यारोलिना), कल्पना भट्टराई (जर्जिया), कुसुम बराल (साउथ क्यारोलिना), गुरुप्रसाद ढुङ्गेल (साउथ क्यारोलिना), रमा पाहारी (फ्लोरिडा), रुबी बराल (जर्जिया), प्रतिभा खडका (भर्जियना), अभिराज राजवंशी (साउथ क्यारोलिना), निशान्त अर्याल, (जर्जिया), जयनारायण साह (लुजिएना), सङ्गीता मल्ल र पार्वती तिमल्सिना (नर्थ क्यारोलाइना)  निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयुक्त एवं नासाका पूर्वअध्यक्ष बिमल नेपालले जानकारी दिनुभयो ।

नासाको ३४औँ सम्मलेनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गर्नुभएको थियो ।




भर्खरै