काठमाडौं। तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु भएको छ ।
शुक्रवारबाट बल्खुस्थित क्यामेरा बिल्डिङमा शुरु भएको सम्मेलन शनिवार सम्पन्न हुनेछ । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पत्रकारिता तथा आमसञ्चार विभाग र चीनको इलेक्ट्रोनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको सार्वजनिक प्रशासन स्कुलद्वारा संयुक्त रूपमा सम्मेलन आयोजना गरिएको हो ।
दुई दिने सम्मेलनले संयुक्त राज्य अमेरिका, चीन, बंगलादेश, भूटान, भारत, श्रीलंका, जापान र नेपालका विद्वान र अनुसन्धानकर्ताहरूलाई सञ्चारका विभिन्न पक्षहरूमा आफ्नो अनुसन्धान प्रश्तुत गर्न एकसाथ ल्याउनेछ । त्रिभूवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले उद्घाटन मन्तव्य दिनुभएको छ भने त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले बदलिँदै गएको भूराजनीतिक गतिशीलता र विश्वव्यापी सञ्चारको औचित्य विषयमा आफ्ना धारणा राख्नुभएको छ ।
सम्मेलनले सीमापार संवाद र सहकार्यको लागि प्लेटफर्मको रूपमा काम गर्ने विश्वास लिइएको छ । ट्रान्स–हिमालय क्षेत्रमा सञ्चार, सामाजिक विकास र उदीयमान चुनौतीहरूमा ज्ञान आदानप्रदानलाई बढावा दिने आयोजकको विश्वास छ । प्रमुख विद्वानहरूमा एल पासोस्थित टेक्सास विश्वविद्यालयका अरविन्द सिंघल उपस्थित हुनुहुन्छ ।










