६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विदेशमा रहेका नागरिकलाई सचेत रहन परराष्ट्र मन्त्रालयको आग्रह

विदेशमा रहेका नागरिकलाई सचेत रहन परराष्ट्र मन्त्रालयको आग्रह
अ+ अ-

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली कामदार आफू बसेको देशको कानुनी व्यवस्थाबारे सचेत रहन आग्रह गरेको छ। कोरोनाको भाइरसको संक्रमण देखिएपछि विभिन्न देशमा रहेका नेपाली राजदूतावासमार्फत नेपाली कामदारलाई सो आग्रह गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार खाडी मुलुकलगायत सबै देशमा रहेका नेपालीलाई सो आग्रह गरिएको हो। ‘सम्बन्धित मुलुकको कानुन र कोरोनाको संक्रमणबाट सचेत रहेर बस्न भनेका छौं।’ –प्रवक्ता पौडेलले भने। विभिन्न मुलुकका कूटनीतिक नियोगलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे अद्यावधिक भई सूचना प्रवाह गर्न पनि आग्रह गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

सो आग्रहअनुरूप सोलस्थित नेपाली दूतावासले भाइरसको संक्रमण तीव्र्र गतिमा फैलन थालेपछि कोरियामा रहेका नेपालीलाई सचेत हुन सूचना जारी गरिसकेको छ। कोरियामा झन्डै ४० हजार नेपाली विभिन्न काम तथा पेसामा संलग्न छन्। ‘नेपालीहरू घरबाट सीधै काम गर्ने स्थल र त्यहाँबाट सीधै घरमा आउने गर्छन्। सबैलाई बाहिर घुम्न मनाही गरेको छ।’ –कोरियामा रहेका ललितपुरका दीपक महर्जनले बताए। ठूलो संख्यामा नेपालीहरू रोजगारीका लागि मध्यपूर्वका मुलुकहरूमा जाने गरेका छन्। यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरेको थियो। सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्र्दभमा सो निर्णय गरिएको थियो।

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि अनअराइभल भिसा रद्द गरेको थियो। भिसा लिएर आउनेका हकमा पनि सात दिनभित्रको मेडिकल परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको थियो। त्यसको पालना नगर्ने विदेशी नागरिकलाई फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ। खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको दूतावासबाट जानकारी प्राप्त भएको प्रवक्ता पाण्डेले बताए। कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको पाइएको छ। त्यहाँका कामदारहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन्।

यसैबीच कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई यसै साता कतारले फिर्ता पठाएको विवरण मन्त्रालयलाई प्राप्त भएको छ। कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन्। तर बाहिर जान पाइँदैन। त्यसबारे दूतावासले जारी गरेको सूचनामा पनि सो कुरा भनिएको छ। तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको मन्त्रालयले जनाएको छ।

यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन्। खाडीका सबै मुलुकमा सुरक्षा व्यवस्था कडा गरिएको छ। विदेशीलाई आवत जावतमा रोक लगाइएको छ। नेपाली रहेका मुलुकमा कोही न कोही व्यक्तिमा कोरोनाको शंका भएपछि निकट रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। नेपाल समाचारपत्र दैनिक