काठमाडौँ । नेकपा (एमाले)निकट युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।
युवा संघ बालेनले सामाजिक सञ्जालमा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरो पुगेको हो ।
बालेनले गत शनिबार विभिन्न दल र शक्ति राष्ट्रविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरी देशको इज्जतमाथि धावा उठाएको र समाजमा घृणा फैलाएको युवा संघको आरोप छ ।
बालेनको स्टाटसले मित्र राष्ट्रहरूलाई चिढाउने र नेपालको प्रतिष्ठामा आघात पुर्याउने भएको भन्दै कारबाहीको माग समेत गरिएको छ ।











