२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय समिति बैठक अझै केहि दिन लम्बिने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक अझै केही दिन लम्बिने भएको छ ।

बुधवार बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अझै तीन दिन जति बैठक लम्बिने बताउनुभएको हो । उहाँकाअनुसार बैठकमा नेताहरुले आफ्ना धारणा राखिरहनुभएको छ । समसामयिक राजनीति, गत भदौ २३ र २४ गते जेन जी आन्दोलनले पारेको प्रभाव, संसद पुनः स्थापना, राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा नेताहरुले आफ्ना धारणा राखिरहेको बताउनु भयो । पदाधिकारीहरुको समय सकिन लागेकाले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन नै उपयुक्त हुने आवाज आइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफल जारी छ । अझै तीन दिन जति लाग्छ । बैठकको अन्त्यमा निष्कर्ष निकाल्ने हो । बोल्ने क्रम जारी छ । समसामयिक विषय, भदौ २३ र २४ को आन्दोलनपछिको प्रभावका बारेमा साथीहरुले आफ्ना विषय राख्नुभएको छ । संसद पुनः स्थापनका विषयदेखि लिएर राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा कहिले कसरी गर्दा उपयुक्त हुन्छ भन्नेबारेमा साथीहरुले आफ्नो मत राख्नुभएको छ । हाम्रो कार्यकाल नै समाप्त हुँदैछ । नियमित महाधिवेशनबाट १५ औं महाधिवेशन गर्नुपर्छ । नवयुवाको उपस्थिति पनि हुन्छ भन्ने हो । निर्वाचनलाई मध्यनजर गरेर कार्यतालिकाबारे फरक मत आएको छ ।’

उहाँले नियमित महाधिवेशन गर्दा नवयुवाको प्रतिनिधित्व पनि हुने भएकाले निर्वाचनलाई मध्यनजर गरी कार्यतालिका निकालिने र बैठकको अन्तिममा निष्कर्ष निकाल्ने बताउनु भयो ।