२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल



अ+ अ-

लुम्बिनी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जेनजीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “संविधानको रक्षा गर्दै देशलाई अघि बढउन र देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधिसभा पुनः स्थापना अनिवार्य छ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध छ ।”

उहाँले संविधान गतिशील दस्तावेज भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताउनुभयो ।

उहाँले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताउनुभयो।  रासस