६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सभामुख–अध्यक्ष द्वन्द्व: संसदीय काममा असर

सभामुख–अध्यक्ष द्वन्द्व: संसदीय काममा असर
अ+ अ-

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाबीच द्वन्द्व चर्केको छ। नेतृत्वको द्वन्द्वले संसदीय समितिका सभापतिसँगको बिहीबारको निर्धारित बैठक स्थगित भएको छ। सापकोटा र तिमिल्सेना दुवै सत्तासीन नेकपाबाट निर्वाचित हुन्। पूर्वएमालेबाट तिमिल्सेना अध्यक्ष र पूर्वमाओवादी कोटाबाट सापकोटा सभामुख भएका हुन्।संसदीय कामकारबाही प्रभावकारी बनाउनेबारे सभामुख सापकोटाले बुधबार संसदीय समितिका सभापतिसँगको बैठक आयोजना गरेका थिए। तर राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाले बैठकमा आफू उपस्थित नहुने जनाउ सभामुख सापकोटालाई गराए।

संसद्को कार्यवाहक महासचिव नियुक्तिमा सभामुखले एकलौटी निर्णय गरेको भन्दै अध्यक्ष तिमिल्सेनाले बैठक बहिष्कार गरेका हुन्। अध्यक्ष तिमिल्सेना उपस्थित नहुने सूचना पाएपछि पूर्वएमाले सम्बद्ध समिति सभापतिले समेत सभामुखले बोलाएको बैठकमा नजाने जानकारी गराएका थिए। अध्यक्ष तिमिल्सेना र समिति सभापतिहरू नै अनुपस्थित हुने सूचनापछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन्। सभामुखमा निर्वाचित भएपछि सापकोटाले पहिलोपटक समिति सभापतिसँग संसद् र समितिको प्रभावकारिता, कामकारबाही र समस्याबारे छलफल गर्न बैठक आयोजना गरेका थिए।

‘सभामुखज्यू एकलौटी ढंगले अघि बढ्न खोज्दा समस्या देखिएका छन्’, अध्यक्ष निकट स्रोतले भन्यो। श्रेणीविहीन कर्मचारीको म्याद थपदेखि संसद्का कार्यवाहक महासचिव नियुक्तिसम्मको निर्णयमा सापकोटा र तिमिल्सेनाबीच विवाद छ। ‘संसद्को कार्यवाहक महासचिव नियुक्तिमा अध्यक्षज्यूसँग परामर्श भएको हो’, सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले भने, ‘उहाँहरूबीच ठूलो विवाद छैन। समिति सभापतिहरूको बैठक पनि सहमतिमै पर सारिएको हो।’

केही समिति सभापति उपत्यकाबाहिर रहेको र कोरोनाका कारण भीडभाड गर्न नहुने सरकारको आग्रहका कारण समिति सभापतिको बैठक स्थगित भएको न्यौपानेले बताए। तत्कालीन माओवादी र एमालेबीच एकता भई नेकपा बने पनि संसदीय कामकारबाहीमा भने पूर्ववत पार्टीका दुई कित्ता देखिन्छन्। विधेयकमाथिका छलफलमा सांसदहरू दुई कित्तामा बाँडिनेदेखि संसद्का पदाधिकारीबीच नै फरक–फरक दलको जस्तो व्यवहार देखिने गरेका छन्।

कर्मचारी म्याद थपबाट विवाद:सभामुखमा निर्वाचित भएलगत्तै सापकोटाले संसद्मा कार्यरत करारका श्रेणीविहीन कर्मचारीको म्याद थप गर्नुपर्ने प्रस्ताव गरे। पूर्वमाओवादी नेत्री ओनसरी घर्तीमगर सभामुख बनेका बेला करारमा नियुक्त दुई दर्जन बढी कर्मचारीको म्याद थप गर्ने–नगर्ने विषयमा सापकोटा र तिमिल्सेनाबीच विवाद भएको थियो। सापकोटा ६ महिना म्याद थप्नुपर्ने अडानमा थिए भने तिमिल्सेना नयाँ भर्ना गर्नुपर्ने अडानमा थिए। करारको म्याद थप बिनै काम गरिरहेका श्रेणीविहीन कर्मचारीको ३ महिना म्याद थपेर विवाद किनारा लगाउने प्रयास गरिएको थियो।

आईपीयूमा अग्निका आँखा: राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाले दुई साताअघि अन्तर्राष्ट्रिय पार्लियामेन्ट युनियन (आईपीयू) को आगामी सम्मेलनमा आफू सहभागी हुने प्रस्ताव सभामुख सापकोटासँग राखेका थिए। तिमिल्सेनाले आईपीयूमा आफू जाने र सापकोटालाई अर्को सम्मेलनमा जान प्रस्ताव गरेका थिए। तर सापकोटाले अध्यक्ष तिमिल्सेनाको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आफ्नो नेतृत्वमा आईपीयू सम्मेलनमा जाने अडान राखेका थिए। निर्वाचित भएर आएको छोटो अवधिमै आफ्नो प्रस्ताव ठाडै अस्वीकृत गरेकोमा अध्यक्ष तिमिल्सेना असन्तुष्ट थिए। तर कोरोना भाइरस संक्रमणका कारण आईपीयू सम्मेलन हुने–नहुने अनिश्चित छ।

कार्यवाहक महासचिवमा दुई धार:मनोहरप्रसाद भट्टराईको कार्यकाल सकिएपछि कार्यवाहक महासचिव नियुक्तिमा सभामुख सापकोटा र तिमिल्सेनाबीच चर्काचर्की नै परेको थियो। आफूसँग सल्लाह नै नगरी एकतर्फी रूपमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिव बनाइएको अध्यक्ष तिमिल्सेनाको आरोप छ। महासचिव बन्न ऐनले तोकेको उमेर नै नपुगेका योगीलाई महासचिव बनाउन नहुने पक्षमा तिमिल्सेना थिए।

संसद्का महासचिवको सेवासुविधासम्बन्धी ऐनमा महासचिवका लागि ४५ वर्षको उमेर हद तोकिएको छ। तर योगी ४५ वर्ष पुगेका छैनन्। अध्यक्ष तिमिल्सेनाले संसद् सेवाबाट सचिव बनेका डा। भरतराज गौतमलाई महासचिव बनाउनुपर्ने पक्षमा थिए। तर पूर्वमाओवादीको ‘कोटा’ बाट प्रतिनिधिसभा सचिव बनाइएका योगीलाई नै सभामुखले नियुक्त गरेर ‘पार्टी राजनीति’ गरेको आरोप तिमिल्सेनाको छ। महासचिवको नियुक्तिमा सभामुख र अध्यक्षको संयुक्त सिफारिस हुनुपर्ने व्यवस्था छ। तर कार्यवाहक दिँदा अध्यक्षको परामर्शमा सभामुखबाट हुने उल्लेख छ। ‘परामर्श भनेको एकलौटी गर्ने भन्ने होइन’, अध्यक्ष निकट स्रोतले भन्यो, ‘साझा सिफारिसमा हुने निर्णयमा दुवैको सहमति चाहिन्छ।’

गुरुङ गएनन् कार्यालय:पार्टी एकतालगत्तै नेकपाले संसदीय दलबाट एकीकरणको पहल गर्ने घोषणा गरेको थियो। पूर्ववत् एमालेको संसदीय दल परिसरमा संसदीय दलका पदाधिकारीको कार्यकक्ष बनाउने र सांसदबीच एउटै पार्टीको अनुभूति गराउने प्रयास नेकपाले गरेको थियो। तर प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ भने त्यो कार्यालयमा गएका छैनन्। गुरुङ पूर्वमाओवादीको संसदीय दलको कार्यालयमै बस्ने गरेका छन्। गुरुङका लागि बनाइएको पूर्वएमाले परिसरको कार्यालयमा तालाबन्दी छ। ‘संसदीय दलका पदाधिकारीमै पार्टी एकता भएको अनुभूति छैन भने सांसदहरूमा त्यसको प्रभाव पर्नु स्वभाविक हो’, नेकपाका एक सांसदले भने। अन्नपुर्णपोष्ट दैनिक