२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा २३ पन्ने अपानि जारी,प्रतिनिधिसभा विघटनले लोकतन्त्र विरोधी शक्ति उत्साहित भएको ठहर



अ+ अ-

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर पन्ने अन्तरपार्टी निर्देशन(अपानि) जारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नु भएको अपानिमा भदौ २३ र २४ को जेन जी आन्दोलन त्यसले निम्त्याएको विध्वंस र पार्टीका आसन्न ११ औं महाधिवेशनमा बारेमा बिस्तृत विष्लेषण गरिएको छ ।

अपानिमा तत्कालिन प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिएपछि काम चलाउ प्रधानमन्त्रीका रुपमा संसद बैठकबाट संविधान संसोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख गरिएको छ ।

‘प्रतिनिधिसभाको बिघटनले मुलुकलाई जनप्रतिनिधी निकाय बिहिन अवस्थामा पुर्याएको छ र राजनीतिक रिक्तता सृजना गरेको छ ’ अपानिमा भनिएको छ ‘यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र बिरोधी शक्तिलाई उत्साहित तुल्याएको छ । ’

एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधीसभा विघटनप्रति आपत्ती प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ ।

एमालेले भदौ २३ र २४ गतेका घटनाको छानविनका लागि गठन भएको गौरी बहादुर कार्की आयोगलाई अस्विकार गर्ने जनाएको छ । अपानिमा जनाइए अनुसार यति ठूलो घटनाको छानविनको जिम्मा राजनीति दल नेता लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्ति चयन भएकोले यो आयोगलाई एमालेले पूर्ण अस्विकार गर्ने जनाइएको छ । पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायधिसको अध्यक्षतामा निष्पक्ष छानविन आयोग गठन गर्न पनि माग गरेको छ । ‘अहिलेको आयोगले तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर २४ गते तोडफोड,आगजनी,विध्वंस्स मच्चाउने र राष्ट्र बिरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरुलाई छाड्न सघाउने काम गरिरहेको छ ’ अपानिमा भनिएको छ ‘यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानविन गर्न सक्दैन । यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिदैन ।’

अपानिमा असोज २९–३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितीका कारण सचिवालयको बैठकले काठमाडौं सारेको उल्लेख गरिएको छ ।

अपानिमा महाविधेशनको उद्ध्घाटन सत्रमा व्यापक रुपमा जनपरिचालन गर्ने योजना सहित महाधिवेशन काठमाडौं मै गर्न लागिएको जनाइएको छ ।

अपानिमा महाधिवेशन प्रतिनिधी कुन क्षेत्रबाट कसरी छनौट गर्ने,त्यसका आधारहरु के के हुन्,पार्टी सदस्य संख्यालाई के कसरी हिसाब गरेर प्रतिनिधीको संख्या यकिन गर्ने बिस्तारमा ब्याख्या गरिएको छ ।




भर्खरै