१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा २३ पन्ने अपानि जारी,प्रतिनिधिसभा विघटनले लोकतन्त्र विरोधी शक्ति उत्साहित भएको ठहर



अ+ अ-

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर पन्ने अन्तरपार्टी निर्देशन(अपानि) जारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नु भएको अपानिमा भदौ २३ र २४ को जेन जी आन्दोलन त्यसले निम्त्याएको विध्वंस र पार्टीका आसन्न ११ औं महाधिवेशनमा बारेमा बिस्तृत विष्लेषण गरिएको छ ।

अपानिमा तत्कालिन प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिएपछि काम चलाउ प्रधानमन्त्रीका रुपमा संसद बैठकबाट संविधान संसोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख गरिएको छ ।

‘प्रतिनिधिसभाको बिघटनले मुलुकलाई जनप्रतिनिधी निकाय बिहिन अवस्थामा पुर्याएको छ र राजनीतिक रिक्तता सृजना गरेको छ ’ अपानिमा भनिएको छ ‘यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र बिरोधी शक्तिलाई उत्साहित तुल्याएको छ । ’

एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधीसभा विघटनप्रति आपत्ती प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ ।

एमालेले भदौ २३ र २४ गतेका घटनाको छानविनका लागि गठन भएको गौरी बहादुर कार्की आयोगलाई अस्विकार गर्ने जनाएको छ । अपानिमा जनाइए अनुसार यति ठूलो घटनाको छानविनको जिम्मा राजनीति दल नेता लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्ति चयन भएकोले यो आयोगलाई एमालेले पूर्ण अस्विकार गर्ने जनाइएको छ । पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायधिसको अध्यक्षतामा निष्पक्ष छानविन आयोग गठन गर्न पनि माग गरेको छ । ‘अहिलेको आयोगले तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर २४ गते तोडफोड,आगजनी,विध्वंस्स मच्चाउने र राष्ट्र बिरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरुलाई छाड्न सघाउने काम गरिरहेको छ ’ अपानिमा भनिएको छ ‘यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानविन गर्न सक्दैन । यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिदैन ।’

अपानिमा असोज २९–३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितीका कारण सचिवालयको बैठकले काठमाडौं सारेको उल्लेख गरिएको छ ।

अपानिमा महाविधेशनको उद्ध्घाटन सत्रमा व्यापक रुपमा जनपरिचालन गर्ने योजना सहित महाधिवेशन काठमाडौं मै गर्न लागिएको जनाइएको छ ।

अपानिमा महाधिवेशन प्रतिनिधी कुन क्षेत्रबाट कसरी छनौट गर्ने,त्यसका आधारहरु के के हुन्,पार्टी सदस्य संख्यालाई के कसरी हिसाब गरेर प्रतिनिधीको संख्या यकिन गर्ने बिस्तारमा ब्याख्या गरिएको छ ।