२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माण कोषमा नेशनल लाइफले एक करोड र एनएलजी इन्स्योरेन्सले २५ लाख सहयोग



अ+ अ-

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रू २५ लाख सहयोग गरेका छन् ।

आज नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रकम सहयोग प्रदान गर्नुभयो ।

दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको हो ।

कोषमा आज प्राप्त हुन आएको रकमसहित जम्मा रु सात करोड एकाउन्न लाख साठी हजार ४३९ सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।