२९ कार्तिक २०८२, शनिबार
,
Latest
‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’ सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेद अन्त्यको ‘रोडम्याप’ का विषयमा थाइल्यान्डमा छलफल



अ+ अ-

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा जारी एशिया प्यासिफिक सोसल फोरममा एशिया प्यासिफिक क्षेत्रमा विद्यमान जातीय विभेद अन्त्यको रोडम्यापसम्बन्धी छलफल भएको छ ।

दलित गैरसरकारी संस्था महसङ्घ (डिएनएफ), वल्र्ड डिग्निटि फोरम र नेपाल र भारतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सो छलफल भएको हो ।

छलफलमा संयुक्त राज्य अमेरिकाका लागि पूर्व नेपाली राजदूत तथा वल्र्ड सोसल फोरमका अन्तरराष्ट्रिय सदस्य डा अर्र्जुन कार्कीले जातीय विभेद् असमानताको मुख्य कारण भएको वनाउँदै सूचना प्रविधिको क्रान्तिको समयमा पनि यस्ता विभेद हुनु दुखद् भएको बताउनुभयो ।

वल्र्र्ड डिग्निटि फोरमका संस्थापक तथा भारतीय दलित नेता अशोक भारतीले जातीय विभेदको मुद्दा विश्वव्यापी भएको बताउँदै यसको अन्त्यका लागि विश्वव्यापी रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराइले जातीय विभेद राजनीतिक मुद्दा भएको बताउँदै यसको अन्त्यका लागि संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

यसैगरी अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जाल (आइडिएसएन) अध्यक्ष रेणु सिजापतिले जातीय विभेदले दलित महिलालाई झन ठूलो असर परेको बताउँदै यसको अन्त्यका लागि कानुनी सुधार गर्दै शिक्षामा लगानी गर्नुपर्ने वताउनुभयो ।

दलित लाइभ म्याटरका अध्यक्ष प्रदीप परियारले जातीय विभेद अन्त्य गर्ने दायित्व सबैको भएको बताउँदै संविधानको कार्यान्वयन, धार्मिक सुधार, आर्थिक न्याय र डिजिटल क्याम्पेनमा काम गर्नुपर्ने बताउनुभएको सम्मेलनमा सहभागी सुशील विकेले जानकारी दिनुभयो ।