२९ कार्तिक २०८२, शनिबार
,
Latest
पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’ पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ वर्षका सलमानको ‘ट्रान्सफर्मेशन’ चर्चामा



अ+ अ-

एजेन्सी । बलिउडका ‘भाइजान’ सलमान खानले हालै ५९ वर्षको उमेरमा पनि उत्कृष्ट शारीरिक रूपान्तरण (ट्रान्सफर्मेशन) गरेका छन् ।

केही समयअघि केही प्रशंसकहरूले उनको फिटनेसप्रति चिन्ता व्यक्त गरेका थिए । अब अभिनेता खानले आफ्नो नयाँ रूप सार्वजनिक गर्दै बताएका छन् कि उनले केही पनि त्याग नगरी यो रूप हासिल गरेका हुन् ।

सलमानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी शर्टविहीन देखिन्छन् । तस्बिरमा उनका एब्स स्पष्ट देखिन्छन् ।

उक्त तस्बिरसँगै उनले लेखेका छन्, “केही हासिल गर्न केही त्याग्नुपर्छ। यो बिना त्यागिएको हो ।”

केही समयअघि बिग बोसको ‘वीकेंड का वार’ एपिसोडको एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा उनी पटक–पटक शो होस्ट गर्दा कुर्सीमा टेकेर उभिएका देखिन्थे ।

भिडियो बाहिर आएपछि प्रशंसकहरू निकै चिन्तित बनेका थिए । त्यसपछि अर्को एपिसोडमा अभिनेता खानले स्पष्ट पार्दै भनेका थिए कि उनले धेरै घण्टा सुटिङ गरेका कारण थकाइ लागेको थियो ।

‘ब्याटल अफ गलवान’ मा देखिनेछन् सलमान खान
सलमान खान चाँडै नै ‘ब्याटल अफ गलवान’ नामक फिल्ममा देखिन लागेका छन् । फिल्मबाट उनको लुक पनि सार्वजनिक भइसकेको छ, जसमा सलमान खान कर्नल सन्तोष बाबुको भूमिकामा देखिएका छन् ।