९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ वर्षका सलमानको ‘ट्रान्सफर्मेशन’ चर्चामा



अ+ अ-

एजेन्सी । बलिउडका ‘भाइजान’ सलमान खानले हालै ५९ वर्षको उमेरमा पनि उत्कृष्ट शारीरिक रूपान्तरण (ट्रान्सफर्मेशन) गरेका छन् ।

केही समयअघि केही प्रशंसकहरूले उनको फिटनेसप्रति चिन्ता व्यक्त गरेका थिए । अब अभिनेता खानले आफ्नो नयाँ रूप सार्वजनिक गर्दै बताएका छन् कि उनले केही पनि त्याग नगरी यो रूप हासिल गरेका हुन् ।

सलमानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी शर्टविहीन देखिन्छन् । तस्बिरमा उनका एब्स स्पष्ट देखिन्छन् ।

उक्त तस्बिरसँगै उनले लेखेका छन्, “केही हासिल गर्न केही त्याग्नुपर्छ। यो बिना त्यागिएको हो ।”

केही समयअघि बिग बोसको ‘वीकेंड का वार’ एपिसोडको एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा उनी पटक–पटक शो होस्ट गर्दा कुर्सीमा टेकेर उभिएका देखिन्थे ।

भिडियो बाहिर आएपछि प्रशंसकहरू निकै चिन्तित बनेका थिए । त्यसपछि अर्को एपिसोडमा अभिनेता खानले स्पष्ट पार्दै भनेका थिए कि उनले धेरै घण्टा सुटिङ गरेका कारण थकाइ लागेको थियो ।

‘ब्याटल अफ गलवान’ मा देखिनेछन् सलमान खान
सलमान खान चाँडै नै ‘ब्याटल अफ गलवान’ नामक फिल्ममा देखिन लागेका छन् । फिल्मबाट उनको लुक पनि सार्वजनिक भइसकेको छ, जसमा सलमान खान कर्नल सन्तोष बाबुको भूमिकामा देखिएका छन् ।