१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माद्वारा नयाँ राजनीतिक अभियान घोषणा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)सहित साना दलहरूसँग भइरहेको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेका शर्माले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रगतिशील अभियान, नेपाल अभियान सुरु गरेको घोषणा गरेका हुन् ।

शर्माले आफूहरू जेनजी आन्दोलनले उठाएको माग र भावनासँग असहमत रहेको भन्दै उक्त एकता प्रक्रियामा सहभागी हुन नसकेको स्पष्ट पारे ।

उनले भने, “एकताको नाममा घृणा फैलाउने काम भइरहेको छ, त्यसैले हामी त्यस्तो प्रक्रियाको हिस्सा हुन सक्दैनौं ।”

आफ्ना पूर्व गल्ती र कमजोरी स्वीकार गर्दै उनले नयाँ दृष्टिकोणसहित प्रगतिशील अभियान अगाडि बढाउने घोषणा गरे। “हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं,” शर्माले भने ।

यो अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास गर्ने उनको भनाई छ ।