१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु



अ+ अ-

पाटन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरु भएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी हुनुहुन्छ ।

आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियोे ।