१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि युवाहरूले ताला खोल्ने निर्णय गरेका हुन् ।

नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितताका माग राख्दै पार्टीका युवा समूहले दुई दिनअघि कार्यालयमा ताला लगाएका थिए ।

विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले उक्त विषयमा केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो ।

यसअघि स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ, बैठक सुरु हुनु अघि नै कार्यालयको ताला खोलिएको हो ।