१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘हक’को रिलिज रोक्न माग



अ+ अ-

एजेन्सी । यामी गौतम र इमरान हाश्मी अभिनीत फिल्म ‘हक’ विवादमा फसेको छ ।

यो फिल्म शाहबानो केस माथि आधारित हो, जसले सन् १९७० को दशकमा मुस्लिम महिलाका अधिकारका लागि आवाज उठाउँदै राष्ट्रिय बहस सुरु गरेकी थिइन् ।

अहिले शाहबानोकी छोरीले फिल्मको रिलिज रोक्न माग गर्दै इन्दौर उच्च अदालतमा रिट दायर गरेकी छिन् र फिल्मका निर्मातालाई कानुनी नोटिस पठाएकी छिन् । यो मुद्दाको सुनुवाइ चाँडै हुने बताइएको छ ।

शाहबानोकी छोरी सिद्दिका बेगम खानका वकिल तौसिफ वारसीले दायर गरेको याचिकामा भनिएको छ कि यो फिल्मले मुस्लिम समुदायको भावना दुखाउन सक्छ र फिल्ममा शरियत कानूनको नकारात्मक छवि प्रस्तुत गरिएको छ ।

याचिकामा यो पनि उल्लेख गरिएको छ कि निर्माताले शाहबानोमाथि फिल्म बनाउनुअघि उनका कानुनी वारिससँग कुनै अनुमति लिएनन् ।

याचिका दर्ता भएपछि फिल्मका निर्देशक सुपर्ण एस. वर्मा, प्रोडक्शन पार्टनर, प्रमोटरहरू र फिल्मलाई सर्टिफिकेट दिने निकायलाई कानुनी नोटिस पठाइएको छ ।

सिद्दिका बेगम खानको याचिकामा भनिएको छ कि फिल्म ‘हक’ ले दिवंगत शाहबानो बेगमको व्यक्तिगत र निजी जीवनका घटनाक्रमहरूलाई देखाएको छ, जसमा उनका परिवारसँग सम्बन्धित संवेदनशील विषयहरू, व्यक्तिगत अनुभवहरू र सामाजिक परिस्थितिहरू समावेश छन् ।

वकिल वारसीका अनुसार, उनकी मुवक्किल सिद्दिकासँग उनकी आमा शाहबानोको जीवनका नैतिक र कानुनी अधिकारहरू सुरक्षित छन्, तर फिल्म निर्माताले कुनै अनुमति नलिई फिल्म निर्माण गरेका हुन् ।

यो फिल्म नोभेम्बर ७ (२०२५) मा रिलिज हुने तय गरिएको छ । फिल्ममा यामी गौतमले शाहबानोको भूमिका र इमरान हाश्मीले उनका पति मोहम्मद अहमद खानको भूमिका निर्वाह गरेका छन् ।

शाहबानो केस के हो ?

शाहबानो बेगम भारतको मध्य प्रदेश, इन्दौरकी मुस्लिम महिला थिइन् । उनको विवाह मोहम्मद अहमद खान नामका वकिलसँग भएको थियो । शाहबानोलाई उनका श्रीमानले तीन तलाक दिएर घरबाट निकालेका थिए । त्यसपछि शाहबानोले भरण–पोषण (मेन्टेनन्स)को माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सन् १९८५ मा सर्वोच्च अदालतले शाहबानोको पक्षमा फैसला गर्‍यो । तर मुस्लिम शरियत कानून अनुसार, महिलालाई इद्दत अवधि (तलाक वा श्रीमानको मृत्युपछि करिब तीन महिनासम्म) मात्र भरण–पोषण दिनु पर्ने प्रावधान छ ।

यो फैसला मुस्लिम संगठनहरूले कडा रूपमा विरोध गरे र भने— अदालतले इस्लामको शरियत कानूनको उल्लङ्घन गरेको छ । त्यसपछि देशव्यापी बहस सुरु भयो । राजनीतिक दबाबका कारण तत्कालीन प्रधानमन्त्री राजीव गान्धी सरकारले सन् १९८६ मा ‘मुस्लिम महिला (तलाकमा अधिकार संरक्षण) ऐन’ पारित गर्‍यो ।