६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता
अ+ अ-

काठमाडौँ । व्यवसायिक संस्थाका छाता संगठनहरुले मुलुकको आर्थिक स्थायित्व, व्यवसायिक सुरक्षा र सुशासनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमवार राजधानी काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै निजी व्यवसायीक संस्थाका प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । पत्रकर सम्मेलनमा बोल्दै मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले संस्थाका प्रतिनिधिहरुको बैठकले व्यवसायिक सुरक्षाको लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँकाअनुसार बैठकले राज्यले उद्यमी र व्यवसायीहरूको सुरक्षालाई अपरिवर्तनीय दायित्वको रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ । उहाँले आसन्न प्रतिनिधि सभाको निर्वाचन  तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने तथा लोकतान्त्रिक अभ्यासको निरन्तरतामा निजी क्षेत्रको सकारात्मक भूमिकाका साथ अघि बढ्ने निर्णय समेत निजी संस्थाका प्रतिनिधिहरुको बैठकले गरेको छ । बदलिदो आर्थिक अवस्थासँग सन्तुलन कायम गर्दै सरकारी कार्यालयहरूबाट प्रवाह गरिने सेवा, प्रक्रिया र सहजीकरणलाई व्यवसायमैत्री बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकर्णिकारले भन्नुभयो,‘व्यवसायिक संस्थाका छाता संगठनहरुको बैठकबाट सरोकारवाला सबैसँग सहकार्य गर्दै निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने, व्यवसाय सञ्चालनको सुरक्षाका लागि कानूनको सुदृढ कार्यान्वयन सुरक्षित गर्ने, आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने र उद्यम तथा उद्यमीहरुको सुरक्षामा राज्यको जिम्मेवारीलाई अपरिवर्तनीय सर्तको रुपमा स्थापित गर्ने निर्णय र प्रतिवद्धता जनाएको छ । निजी क्षेत्रका प्रतिनिधिहरुले सरकार, सुरक्षा निकाय र सम्बन्धीत सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने, सुशासन र भ्रष्टाचार अन्त्यमा सहकार्य गर्ने र व्यवसायलाई प्राथमिकता दिने बद्लिदो अवस्थामा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा र गर्नुपर्ने सहजिकरणलाई सहज तथा व्यवसायमैत्री बनाउन सरकारलाई सार्वजनिक प्रतिवद्धताका लागि आह्वान गर्ने निर्णय पनि भएको छ ।’

बैठकले निजी क्षेत्र, सरकार र नागरिक समाजबीचको विश्वासलाई सुदृढ पार्दै पारदर्शिता, उत्तरदायित्व र स्थायित्वमुखी आर्थिक नीति कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले स्थिर नीति बिना देशको आर्थिक वृद्धि र लगानी सुरक्षाको वातावरण सिर्जना गर्न नसकिने बताउनु भयो । सरकार परिवर्तन भइरहे पनि दीर्घकालीन नीतिगत स्थायित्व आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले निजी क्षेत्रको लागि वातावरण सिर्जना गर्न तथा लगानीको ग्यारेन्टी लिन सरकारसँग आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार त परिवर्तन हुँदो रहेछ तर कम्तिमा एउटा स्थिर नीति हुनुपर्छ । निजी क्षेत्रलाई काम गर्ने वातावरण हुनुपर्छ । यसरी प्रत्येक ६ महिनामा नीति परिवर्तन हुँदै गएभने हामी काम गर्नसक्छौं कि सक्दैनौं भन्ने कुरा पनि आउन थाल्या छ । सरकारले सुरक्षाको ग्यारेन्टी गरेर व्यवसायिक वातावरण बनाइदियोस् हामी केही न केही काम गर्न सक्छौं । मुलुको आर्थिक उन्नति र आफ्नो व्यवसायिक लगानी सुरक्षित गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्छ ।’

उहाँले निजी क्षेत्रको भूमिकालाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्यख्या गर्दै मुलुकको आर्थिक उन्नति र व्यवसायिक लगानी सुरक्षित गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।