६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा छः महासचिव पोखरेल

एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा छः महासचिव पोखरेल
अ+ अ-

काठमाडौं, कात्तिक १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले मान्यता नदिन विश्वास व्यक्त गर्नुभयो । अदालतमा मुद्दा विचाराधीन रहेकोले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले काम गर्न नहुने उहाँको धारणा छ । ‘संवैधानिक परीक्षणमा यो सरकार खरो साबित हुन सक्दैन’, पोखरेलले भन्नुभयो ।

पोखरेलले भदौ २३, २४ को घटनामा आन्दोलन कम अपराध बढी भएको बताउनुभयो । सो आन्दोलन अग्रगमनको लागि नभएर पश्चगामी भएको पोखरेलको धारणा छ । ‘२३ र २४ गतेको घटना पछाडि मुलुक प्रतिगमन तर्फ उन्मुख छ, जनताले लामो त्याग र बलिदानले ल्याएको संविधान घाइते भएको छ, जननिर्वाचित प्रतिनिधि सभा भङ्ग भएको छ‘, उहाँले भन्नुभयो ।

निर्वाचनको लागि गठन भएको यो सरकारलाई ६ महिना भित्र निर्वाचन गर्ने म्यनडेट दिएको बताउँदै उहाँले यो सरकारले सो वातावरणको सुनिश्चितता गर्न नसकेको बताउनुभयो । ‘जनताको रोजाइको पहिलो पार्टी एमालेका अध्यक्षलाई स्थानहद गरेर चुनाव गराउने कुरा काल्पनिक हो’, उहाँले भन्नुभयो ।

पोखरेलले आज सबैभन्दा बढी प्रहरीको मनोबल गिरेको बताउँदै प्रहरीको मनोबल नउठी चुनाव नै हुन नसक्ने बताउनुभयो । राज्य माथि नियोजित आक्रमण गर्नेलाई कारबाही नगरी राज्य बलियो नहुने उहाँको धारणा छ ।

आन्दोलनको नाममा जेल खालि गर्ने षडयन्त्र गरिएको बताउँदै उहाँले जेलबाट भागेका मानिसहरूले दैनिक जसो कुनै न कुनै घटना गराइरहेका बताउनुभयो । उनीहरूलाई जेलमा फर्काउने र लुटिएका हतियार फिर्ता ल्याउने कुरा सरकारको प्रमुख दायित्व भएको उहाँले प्रष्ट पार्नुभयो ।