एजेन्सी । घरमा साना–साना वास्तुका नियमहरूको ध्यान राख्दा जीवनमा धेरै प्रकारका फाइदा पाउन सकिन्छ ।
यसका साथै तपाईँलाई वास्तु दोषको सामना पनि गर्नुपर्दैन । त्यसैले आज हामी तपाईंलाई बताउँदैछौं कि वास्तुशास्त्र अनुसार घरमा कुन–कुन मूर्तिहरू राख्न नहुने हो, किनभने यसले विभिन्न समस्याहरू ल्याउन सक्छ ।
घरमा राख्न नहने मूर्तिहरू
घरमा कहिल्यै पनि नटराज, शनिदेव, राहु–केतु र उग्र रूपका देवी–देवता जस्तै माता काली, काल भैरव आदि देवताहरूको मूर्तिहरू राख्नु हुँदैन ।
यस्तो गर्दा घरमा नकारात्मकता र अशान्ति फैलिन सक्छ। यसको सट्टामा भगवानका शान्त र सौम्य रूपका मूर्तिहरू मात्र मन्दिरमा राख्नुपर्छ । साथै, घरको मन्दिरमा एकभन्दा बढी शिवलिङ्ग पनि राख्नु हुँदैन, अन्यथा शुभ परिणाम प्राप्त हुँदैन ।
नकारात्मकता बढ्न सक्छ
वास्तुशास्त्र अनुसार, घरको मन्दिरमा कहिल्यै पनि खण्डित (टुटेका० मूर्तिहरू राख्न हुँदैन, किनभने यसले घरमा नकारात्मक ऊर्जा बढाउँछ र झगडा–विवादका अवस्था सिर्जना गर्न सक्छ ।
यदि घरमा यस्ता मूर्तिहरू छन् भने, क्षमायाचनासहित ती मूर्तिहरूलाई कुनै बग्ने पानीमा विसर्जन गर्न सकिन्छ, जसले दोष लाग्दैन । वा ती मूर्तिहरूलाई पीपलको रुखमुनि राख्न सकिन्छ ।
यस्ता मूर्तिहरू राख्नु पनि अशुभ हुन्छ
वास्तुशास्त्रमा भनिएको छ कि घरको मन्दिरमा युद्ध वा हिंसा देखाउने मूर्तिहरू पनि राख्नु हुँदैन । यस्ता मूर्तिहरूले घरमा नकारात्मक ऊर्जा फैलाउँछन्, जसले जीवनमा विभिन्न समस्याहरू ल्याउन सक्छ ।
त्यसैले यदि तपाईंले घरमा मूर्तिसम्बन्धी यी नियमहरूको पालना गर्नुभयो भने, घरमा सधैं सुख–शान्ति र सकारात्मकता रहन्छ ।










