१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसहितको समूह एमाले फर्कने तयारीमा



file
अ+ अ-

काठमाडौँ । निवर्तमान सांसद तथा नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कने तयारीमा रहेको बताएका छन् ।

श्रेष्ठका अनुसार एमाले नेतृत्वसँग पार्टीमा पुनःफिर्तीबारे छलफल भइरहेको छ र यही सोमबारसम्म टुंगो लाग्ने सम्भावना छ ।

उनले माओवादी केन्द्रसँगको प्रस्तावित एकीकरणमा सहभागी नहुने स्पष्ट गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल र घनश्याम भूसालले अगुवाइ गरेको पुनःगठन अभियानमा पनि नबस्ने बताए ।

‘हामीले एकता प्रक्रियामा नजाने कुरा पहिल्यै बताएका छौं ,’ श्रेष्ठले भने, ‘झलनाथ–घनश्यामसँग पुनःगठन गरेर बस्दैनौं । अब बीचमै अल्झिएर बस्ने पनि होइन। हाम्रो कुरा स्पष्ट छ ।’

हाल एमालेमा फर्कन ठूलो पंक्ति तयार भइरहेको उनी बताउँछन् । यस समूहमा स्थायी कमिटी सदस्य रामकुमार िझाक्री, निवर्तमान सांसद अमरबहादुर थापा, डा. वंशिधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिमिल्सिना, अर्जुन राईलगायत नेताहरू पनि छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समूहगत प्रवेश नगराउने संकेत दिए पनि त्यसलाई उनले ठूलो समस्या नदेखेका छन् । श्रेष्ठले भने, ‘एमाले हाम्रो आफ्नै घर हो । कम्पाउन्डबाट होस् वा गेटबाट, बाटो उनीहरूले नै खोल्छन् ।’

उनले आफूहरू पदका भोगी नभएको उल्लेख गर्दै पार्टीमा सम्मानजनक स्थान पाए पुग्ने बताए । ‘हामीलाई पद चाहिएको होइन,’ श्रेष्ठले भने, ‘मीठो बोलेर इज्जत गरे पुग्छ । क्षमता अनुसारको जिम्मेवारी दिए पुग्छ ।’

गत शुक्रबार एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा आइतबार माओवादी केन्द्र, समाजवादी र अन्य आठ दलबीच एकता सहमति भइसकेको छ । नयाँ एकीकृत पार्टीको केन्द्रीय समिति बैठक कात्तिक २० गते बस्नेछ ।