२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिसीसीआईले विश्वविजेता टोलिलाई विश्वकपको पूरस्कार राशी भन्दा बढी रकम दिने



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय महिला क्रिकेट टिमलाई पहिलो एकदिवसीय विश्वकप जितेको अवसरमा ५१ करोड रुपैयाँ पुरस्कार राशी दिने घोषणा गरेको छ ।

हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय टोलीले मुम्बईको डा डीवाई पाटिल स्टेडियममा सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै ऐतिहासिक जित हात पारेको थियो ।

यसअघि भारत सन् २००५ र २०१७ को विश्वकप फाइनलसम्म पुगेको थियो, तर उपाधि जित्न सकेको थिएन । नोभेम्बर २, २०२५ को रात भारतीय क्रिकेटका लागि अत्यन्तै यादगार रह्यो ।

भारतीय महिला टोलीलाई बीसीसीआईले दिएको यो पुरस्कार राशी आईसीसीले दिने पुरस्कार रकमभन्दा पनि बढी हो । बीसीसीआईले घोषणा गरेको ५१ करोड रुपैयाँ, आईसीसीले विजेता टोलीलाई दिने ४.४८ मिलियन अमेरिकी डलर (झण्डै ३९.७८ करोड रुपैयाँ) भन्दा ठूलो रकम हो ।

समाचार संस्था एएनआईएससँग कुरा गर्दै बीसीसीआईका सचिव देवजीत सैकियाले महिला टोलीको ऐतिहासिक जितको सराहनाका रूपमा ५१ करोड रुपैयाँ दिने निर्णय गरिएको बताए ।

सैकियाले भने, “यसका लागि जय शाहलाई पनि धन्यवाद दिनुपर्छ, जो आईसीसीका अध्यक्ष हुन् । यसै प्रतियोगिताको एक महिना अघि उनले महिला विश्वकपको पुरस्कार राशी करिब ३०० प्रतिशतले बढाएका थिए ।”

उनले थपे, “आज डीवाई पाटिल स्टेडियममा भारतीय टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै जसरी उपाधि जित्यो, त्यसले बीसीसीआईलाई निकै खुशी बनाएको छ । आईसीसीको पुरस्कार राशी बाहेक बीसीसीआईले आफ्नै खर्चमा ५१ करोड रुपैयाँको बोनस दिनेछ । यो रकम खेलाडी, चयनकर्ता र अमोल मजूमदारको नेतृत्वमा रहेको सपोर्ट स्टाफबीच बाँडिनेछ ।”

शेफाली र दीप्तिको अद्भुत प्रदर्शन
आईसीसी महिला वनडे विश्वकप २०२५ को फाइनलमा शेफाली वर्माले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरिन् । चोटका कारण बाहिरिएकी प्रतिका रावलको स्थानमा टिममा सामेल भएकी शेफालीले ८७ रनको पारी खेल्दै दुई विकेट समेत लिइन् । त्यस्तै दीप्ति शर्माले ५८ रनको अर्धशतक प्रहार गर्नुका साथै पाँच विकेट समेत लिइन् ।

फाइनलमा पहिला ब्याटिङ गर्दै भारतीय टोलीले ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकी टोली २४६ रनमै अलआउट भयो । यसरी भारतीय महिला टोलीले पहिलो पटक वनडे विश्वकपको उपाधि जित्दै इतिहास रच्न सफल रह्यो ।