६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किभको सपिङ मलमा बम विष्फोट, ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । रुसी सेनाको आक्रमणका कारण सुमीमा रहेको रासायनिक प्लान्टमा अमोनिया लिक हुन पुगेको छ । 

यसपछि प्लान्टको पाँच किलोमिटर भित्र बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । यसैबीच रुसी सेनाले आइतबार राति किभको एउटा सपिङ मलमा हवाई हमला गरेका छन् । 

जसमा ६ जनाको मृत्यु भएको थियो । उही समयमा, युक्रेनी आपतकालीन सेवाले मलको भग्नावशेषबाट एक व्यक्तिलाई जिउँदै निकालेको छ ।

यसैबीच, मारियुपोल सहरको अन्तिम कब्जाको लागि रसियाले दिएको आत्मसमर्पणको म्याद सकिएको छ। रोयटर्सका अनुसार रुसले आइतबार राती मारियुपोल प्रशासनलाई मस्को समय अनुसार बिहान ५ बजे (नेपाली समय अनुसार सवा ८ बजे) आत्मसमर्पण गर्न समय दिएको थियो । 

तर, युक्रेनले आत्मसमर्पणको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ ।