६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

माओवादी–समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर–पूर्णपाठ

माओवादी–समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर–पूर्णपाठ
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा आईतवार साँझ बसेको कार्यदलको बैठकमा आठ राजनीतिक दलहरुबीच १८ बुँदे सहमति भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको पार्टी एकता सहमति पत्रमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र, ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा(माओवादी समाजवादी) र नेकपा (साम्यवादी) का बिचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रक्रिया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति गरिएको बताइएको छ ।

सहमति पत्रमा भनिएको छः

पूँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता हो।

यही आवश्यकतालाई ध्यानमा राखि ने.क.पा. (माओवादी केन्द्र), ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, ने. क. पा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी ने.क.पा (माओवादी–समाजवादी) र ने.क.पा. (साम्यवादी) का बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडी बढाउनका लागि निम्न प्रस्तावहरुमा सहमति गरिएको छः

१. पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ 

२. नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।

३. पार्टीको तात्कालिक कार्यनीति पुजिवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।

४. आन्दोलनको स्वरूप :आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोचीहरु आन्दोलनको मोर्चा हुनेछन् ।

५. पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रकृयामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ। एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरु गरिनेछ ।

६. एकता राष्ट्रिय महाधिवेशन आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।

७. केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।

८. केन्द्रीय समिति भित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।

९. संयोजक र सहसंयोजक केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।

१०. सहमति र समन्वय एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।

११. सबै तहको पार्टी पंक्तिमा एकता समायोजन सवै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्वार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरुबाट रहने व्यवस्था गरिने छ ।

१२. दुई तहमा रहन सक्ने कुनै पनि सदस्यहरु दुई तहको समितिमा रहन सक्ने छन् ।

१३. पार्टी समितिहरुको सञ्चालन पार्टी समितिहरुको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप हुने छ ।

१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरू निमर्माण गर्न कार्यदल गठन गरिने छ ।

१५. संगठनात्मक समायोजन पार्टी समितिहरू र जनसंगठनहरूमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।

१६. पार्टीको तहगत कार्यकारी समितिहरु केन्द्र, भौगोलिक र गैरभौगोलिक दुबै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरु संगठन समितिको रुपमा रहने छन् ।

१७. पार्टीको नाम र चुनाव चिन्ह पार्टीको नाम रहने र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ ।

१८. मतभेद समाधान वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पु¥याईनेछ ।