१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा १३ नेताको जिम्मेवारी हेरफेर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न विभागका जिम्मेवारी पुनः निर्धारण गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकिएको छ । त्यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभागका सदस्यका रूपमा जिम्मेवारी दिइएको छ । सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख बनाइएको छ ।

प्रवक्ता झाले भने, “पार्टीको कार्यसञ्चालनलाई अझ प्रभावकारी बनाउन सचिवालय बैठकले विभागीय संरचनामा आवश्यक समायोजन गरेको हो ।”

बैठकले अन्य केही विभागीय सदस्यहरूको पनि जिम्मेवारी पुनः विन्यास गरेको बताइएको छ ।