काठमाडौं । नेकपा (एमाले)ले गुण्डुमा ‘युथ भोलेन्टियर’ भेला गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय युवालाई संगठित गर्न ‘युथ भोलेन्टियर’ संरचना गठन गरेको हो ।
शनिबार आयोजित भेलाको समन्वय जनसंगठन समन्वय संयन्त्रले गरेको बताइएको छ ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेलाको आह्वान गरेका थिए ।
यसअघि निकोलस भूसालसहितको समूहले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको घर घेराउ गर्ने आह्वान गरेको थियो ।
त्यसको प्रतिकारस्वरूप एमालेले आफ्ना कार्यकर्ता ‘युथ भोलेन्टियर’को ब्यानरमा परिचालन गरेको बुझिएको छ ।











