१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डुमा एमालेको ‘युथ भोलेन्टियर’ भेला, अध्यक्ष ओलीको सहभागिता–फोटोफिचर



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले गुण्डुमा ‘युथ भोलेन्टियर’ भेला गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय युवालाई संगठित गर्न ‘युथ भोलेन्टियर’ संरचना गठन गरेको हो ।

शनिबार आयोजित भेलाको समन्वय जनसंगठन समन्वय संयन्त्रले गरेको बताइएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेलाको आह्वान गरेका थिए ।

यसअघि निकोलस भूसालसहितको समूहले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको घर घेराउ गर्ने आह्वान गरेको थियो ।

त्यसको प्रतिकारस्वरूप एमालेले आफ्ना कार्यकर्ता ‘युथ भोलेन्टियर’को ब्यानरमा परिचालन गरेको बुझिएको छ ।