६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेपछि उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु

बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेपछि उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु
अ+ अ-

काठमाडौँ । चार दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु भएको छ । आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट स्थानीयको अवरोध खुल्दै फोहोर फाल्न अनुमति दिइएको हो ।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार सहरी विकास मन्त्री कुलमान घिसिङको टोलीले स्थानीयको माग १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ल्याण्डफिल साइट खुलाइएको हो ।

मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राईलगायतको टोली आज बिहानै बञ्चरेडाँडा पुगेको थियो ।

२०७९ जेठ २६ गते संघीय सरकार, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबीच १८ बुँदे सम्झौता भएको थियो । तर उक्त सम्झौताका बुँदाहरू कार्यान्वयन नहुँदा प्रभावित स्थानीयले असन्तुष्टि जनाउँदै फोहोर फाल्न अवरोध गरेका थिए ।

गत शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि आइतबार मात्रै सहमति जुटेको हो ।

हाल काठमाडौँ महानगरपालिका सहित उपत्यकाका अन्य स्थानीय तहबाट दैनिक करिब १५० भन्दा बढी गाडी फोहोर बञ्चरेडाँडामा लगिन्छ ।

यस ल्याण्डफिल साइटले नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका तथा धादिङको धुनवेशी नगरपालिकाका स्थानीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ ।