२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा प्रदर्शन घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता !



अ+ अ-

काठमाडौँ । दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन् ।

लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेको र मुठभेडको सम्भावना रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनी सम्पर्कविहीन बनेका हुन् ।

प्रहरीका अनुसार भुसालको खोजी भइरहेको छ । उनको डेरामा बाहिरबाट साँचो लगाइएको छ र मोबाइल स्विच अफ छ । परिवारले पनि उनीसँग सम्पर्क नभएको बताएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रदर्शनका लागि अनुमति नलिइएकाले कार्यक्रम भए नियन्त्रणमा लिइनेछ ।

यसअघि पनि भुसाल माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका थिए र स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पुष्टि भएको थियो ।