१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला



अ+ अ-

काठमाडौँ।  नेपालका लागि तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले खोलेको आवेदनको वरिष्ठ विधामा सन् २००६ जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो  ।

त्यसैगरी, कनिष्ठ विधामा सन् २०१० जुलाई १ वा त्यसपछि जन्मेका, हाल कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन् । इच्छुक विद्यार्थीले आगामी पुस २५ गतेसम्म अनलाइन फारम भरी आफ्नो नाम दर्ता गराउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणको परीक्षा आगामी माघ ३ गते दिउँसो १२ देखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, वीरेन्द्रनगर, धनगढीमा एकैपटक सञ्चालन गरिनेछ । तीन चरणमा सञ्चालन गरिने उक्त कार्यक्रमको अन्तिम चरणमार्फत प्रत्येक विधामा बढीमा १० विद्यार्थीलाई सन् २०२६ मा आयोजना हुने अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्रदान गरिने सोसाइटीले जनाएको छ ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड-नेपाल एक शैक्षिक प्रतियोगिता हो । जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका नेपाली विद्यार्थीले सहभागिताका लागि आवेदन दर्ता गर्न सक्नेछन् ।




भर्खरै